नियम २६
कर अवधिको कर विवरण पेश गर्नु पर्ने
(१) दर्ता भएको व्यक्तिले बिक्रम सम्बत् अनुसारको एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले
पच्चीस दिनभित्र अनुसूची–१० बमोजिमको ढाँचामा सम्बन्धित कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
……………
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दर्ता भएको व्यक्तिले आफ्नो लेखा कम्प्युटर प्रणालीमा राखेको कारणले उपनियम (१) मा उल्लिखित कर अवधिको सट्टा छुट्टै कर अवधि कायम गरिपाउन कर अधिकृत समक्ष निवेदन दिएमा कर अधिकृतले जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो दर्ता भएको व्यक्तिको हकमा आवश्यकता अनुरूप छुट्टै कर अवधि कायम गरिदिन सक्नेछ ।
(३) …………….
(३क) .....
(३ख) छापा, विद्युतीय, छापा तथा विद्युतीय प्रकाशन वा प्रसारण गृह र वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले चाहेमा विभागले . विवरण. पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ।
(४) यसरी एक महिनाभन्दा घटी वा बढी कर अवधि कायम गरिएको दर्ता भएको व्यक्तिले सो अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले पच्चीस दिनभित्र अनुसूची–१० बमोजिमको ढाँचामा कर अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(५) पहिलो पटक कर विवरण पेश गर्दा दर्ता भएको व्यक्तिले कर अवधिको बाँकी अवधिलाई कर अवधि मानी सोही अवधिको कर विवरण पेश गर्नु पर्नेछ ।